मुख्यमन्त्री कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने एमालेको चेतावनी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिए बर्खास्त गर्ने नेकपा एमाले संसदीय दलले चेतावनी दिएकाे छ।

कांग्रेस नेता कार्की एमालेकै समर्थनमा मुख्मन्त्री बनेका हुन् ।

एमाले काेशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेको दाबी गर्दै तत्काल पदबाट राजीनामा दिएर प्रदेशलाई निकास दिनुपर्ने बताए ।

यदि  कार्कीले राजीनामा नदिए संवैधानिक विधिबाट उनलाई बर्खास्त गरिने भण्डारीकाे दाबी छ ।

संसदीय पत्रकार मञ्च काेशीले शुक्रबार विराटनगरमा आयाेजना गरेको पत्रकार सम्मेलनमा एमाले सचेतक भण्डारीले यदि  राजीनामा दिन कार्कीले आलटाल गरे आफूहरुले आवश्यक कदम चाल्ने चेतावनी दिए ।

उनले संघीय सरकारको गठबन्धन गठबन्धन भत्किएर अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्की अल्पमतमा परेको दाबी गरे । केन्द्रकाे सहमति अनुसार एमालेको भागमा कोशी प्रदेश परे पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने भण्डारीले बताए ।


Published :२ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media