सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको स्रोतले जनाएको छ ।

सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न सरकारले बनाएको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । स्रोतका अनुसार उक्त प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणमा कारबाही चलाउन सिफारिस गरिएको छ भने तस्करलाई बचाउन सीआईवीले प्रमाण नष्ट गरेको उल्लेख छ ।

प्रतिवेदनमा सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरूलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको उल्लेख रहेको स्रोतको दावी छ ।

 


Published :२ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media