गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले ग-यो संसद अवरोध, बैठक १५ मिनेट स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ।  गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै अवरोध जनाएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बैठकमा उपप्रधान एवं गृहमन्त्रीले राजनीतिक दलसम्बन्धी २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको थियो। तर कांग्रेसले अनुसन्धानको दायरामा रहेका गृहमन्त्री लामिछानेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेपछि बैठक स्थगित भएको हो।

बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको  जवाफ नआएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने चेतावनी दिए ।


Published :२ चैत्र २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media