सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला सल्लाहकार जीवन गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा गुरुङविरुद्ध  शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँ बराबरको बिगो र ५ वर्ष कैद सजायको माग दाबी गरिएको  छ ।

गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान गर्दै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लागेको हाे ।

सोही प्रकरणमा गुरुङको संलग्नता रहेकाे खुलेपछि प्रहरीले उनलाई  फागुन १४ गते पक्राउ गरेको थियो ।


Published :२ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media