सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुन पक्राउ

काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् ।

प्रहरीले उनलाई धापासीबाट भर्खरै पक्राउ गरेको बताइएको छ।

सहकारी ठगी र सुन तस्करी प्रकरणमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार थिए । सुन तस्करी छानबिन आयोगले प्रतिवेदन सरकारलाई बुझाएलगतै पुन पक्राउ परेका हुन् ।


Published :२ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media