कांग्रेस संसदलाई बन्धक बनाएर राख्ने पक्षमा छैनः रामहरि खतिवडा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले कानून निर्माण गर्ने थलो संसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखी अघि बढाउनका लागि काँग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत बताए ।

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नसके मुलुकलाई स्थिर सरकार दिनसक्ने भएकाले त्यसका लागि पनि काँग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए ।

काँग्रेस सांसद खतिवडाले मुलुकलाई अघि बढाउनका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुने हुनाले त्यस क्षेत्रमा देखिएका समस्या समाधान गरेर अघि बढन आफ्नो पार्र्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


Published :३ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media