मोरङको रंगेलीमा आगलागी हुँदा सिंगो बस्ती ध्वस्त

विराटनगर । मोरङको रंगेलीमा शनिबार दिउँसो आगलागी हुँदा १९ घर जलेर ध्वस्त भएको छ ।

रंगेली नगरपालिका-३ बाबू सहायक टोलका जंगली मुर्मुको गाई ग्वालीबाट दिउँसो २:२० बजेतिर आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । बिजुली सर्ट भएर आगलागी भएको अनुमान छ। अहिलेसम्म आगोले जलेर १९ घर ध्वस्त भइसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरहरू बाँसको टाटीले बारेका र सेन्टीबेरा लगाएर बनाइएका थिए । घटनामा कति क्षति भयो भन्ने यकिन छैन ।

क्षतिको विवरण संकलन गर्न बाँकी छ। प्रहरी, स्थानीय र विभिन्न ठाउँबाट आएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । आगोले सिंगो बस्ती ध्वस्त बनाएको छ ।


Published :३ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media