सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित  

काठमाडौं । प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन् ।

जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी हुन् ।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आवद्ध भइ २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी  थिइन् । उनी हाल जनता समाजवादी पार्टी,नेपालको पोलिटब्यूरो सदस्य थिइन्।

सांसद अन्सारीको आत्माको चीर शान्तिको कामना गर्दै बैठकले एक मिनेट मौन धारणा गरेको समेत गरेको छ ।


Published :४ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media