वसन्तपुरमा चिर ठडिएसँगै फागु पर्व सुरु

काठमाडौं ।  काठमाडौंको वसन्तपुर अगाडि विधिवत रूपमा चिर ठड्याएसँगै होली अर्थात् फागु पर्व सुरु भएको छ ।

फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । बसन्तपुरमा आइतबार रंगी विरंगी कपडाहरूको ध्वजा सहितको तीन खण्डे चीर ठड्याइएको हो ।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङगी कपडाका टुक्रा –टुक्रा सहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । साइतअनुसार नै चिर ठड्याउने गरिएको र त्यसपछि विधिवत रूपमा फागु पर्व सुरु हुने मान्यता रहेको स्थानीयहरूको भनाइ छ ।

चन्द्र मास अन्तर्गत फागुन पूर्णिमाको दिन मनाइने होली यही चैत्र ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा र १२ गते तराईका विभिन्न जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदै छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ ।


Published :४ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media