रास्वपाको मिसन नै भ्रष्टाचारको अन्त्य होः श्रममन्त्री अर्याल  

राष्ट्रपाटी न्युज

चैत्र ४, २०८०

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको मिसन नै भ्रष्टाचार अन्त्य गर्नु रहेको बताएका छन् ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपको मिसन बेथिति बिरुद्धमा काम गर्ने रहेको बताए । उनले रास्वपाको मिसन सुशासन कायम गर्नु पनि रहेको बताउए । भ्रष्टाचार अन्त्य, बेथिति बिरुद्धको काम र सुशासन कायम भएसँगै देश समृद्ध बन्ने बताए ।

उनले जनताले राज्य र सरकार भएको महशुस गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाए ।


Published :चैत्र ४, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media