पोखरालाई पर्यटकीय राजधानी घोषणा

पोखरा । कास्कीको पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा औपचारिक घोषणा गरिएको छ ।

आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य पोखरा आजदेखि मुलुककै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको हो ।

प्रधानमन्त्री दाहालले पोखरा प्राकृतिक, साँस्कृतिक शाहसिक क्षेत्रको अद्वितीय संगम रहेको बताए । विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको बताएका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक,साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शीर्ष पर्यटीय गन्तव्यको रुपमा ख्यातिप्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताएका छन् ।

पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको मेयर आचार्यले बताए ।

उनले विज्ञसहित अध्ययन समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको स्मरण गरेका छन् ।

‘प्राकृतिक, साँस्कृतिक शाहसिक क्षेत्रको दृष्टिले अनुपम विश्वमा शिर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुकै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा हुँदै गर्दा समग्र गण्डकी प्रदेश र मुलुकै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएका छौं ।” मेयर आचार्यले भने ।

उनले पर्यटकीय राजधानी घोषणा भएसँगै गण्डकी प्रदेश सरकार, स्थानीय तहको नीतिहरु पर्यटन क्षेत्रको विकासमा हुने विश्वास लिएका छन् ।


Published :४ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media