दोहोरो अंकले घट्यो शेयर बजार, ३ अर्ब ३८ करोडमाथिको कारोबार

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ  ।

आइतबार १०.६२  अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ ।
यस दिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५० वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।


Published :४ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media