कांग्रेसले गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने योजनामा लागेको महेश बर्तौलाको आरोप

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार ढाल्ने योजनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पूर्वाग्राही भएर लागेको आरोप लगाएका छन् ।

आइतबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस गृहमन्त्री लाछिानेमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने योजनामा लागेको आरोप लगाएका हुन् ।

कांग्रेसले २८ दिनभित्र सरकार ढाल्ने अभिव्यक्ति दिइरहेको बताउँदै उनले सहकारी तथा सुन तस्करी प्रकरणमा दोषी देखिएकालाई कारबाही हुने दाबी गरे ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनको पूर्ण कार्यान्वयन हुने दाबी गर्दै उनले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।


Published :४ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media