नेसपा बाबुराम पक्षले ग-यो माओवादीसँगको पार्टी एकता खारेज

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ ।

आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।

अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो निर्णय गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

नेसपा दोस्रो वरीयताका अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले शनिबार माओवादी केन्द्रसँग एकता गरेको पत्र आएको थियो ।

पत्रमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सह अध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले निर्णय गरेका थिए ।   सहमतिमा भने माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका थिए ।

नेसपाबाट प्रतिनिधिसभामा यादवसहित २ सांसद छन् भने बागमती र गण्डकी प्रदेशसभामा पनि १–१ सांसद छन् । उनीहरू सबै माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका हुन् ।

तर यादवलाई पार्टीबाट हटाएर सांसद पद पनि खारेज गर्ने प्रक्रिया अगाडि बढेको छ । तर उनी माओवादी केन्द्रको निर्वाचन चिन्हबाट चुनाव लडेका थिए । यता यादव पक्षले पनि छुट्टै अनौपचारिक बैठक राखिरहेको बताइएको छ  ।


Published :४ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media