नागरिक उन्मुक्तिले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

आइतबार दिउसो २ बजेदेखि संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि संसदीय दलका नेता घनश्याम चौधरीले ५ जना प्रदेशसभा सदस्यको उपस्थितिमा यस्तो निर्णय भएको बताए।

बैठकमा दलका नेता घनश्याम चौधरी (आर्थिक मामिला मन्त्री), भूमी ब्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, बिना विभागीय मन्त्री खुसीराम चौधरी र लक्ष्मण किशोर चौधरी तथा भूमी ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्द्र गिरि गरी ५ जना प्रदेश सभा सदस्यको उपस्थिति थियो ।

संघमा भने नागरिक उन्मुक्ति पार्टीले नयाँ गठबन्धनमा मतदान गरेको थियो। उन्मुक्तिकी अध्यक्ष रञ्जिता चौधरी र संरक्षक रेशम चौधरीबीचको विवाद यस निर्णयले अझै बढाउने देखिएको छ ।


Published :४ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media