पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइएको छ ।

रुपन्देहीको भैैरहवाबाट सोमबार पक्राउ परेका उनलाई यति एअरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

६० किलो सुन तस्करीमा संलग्न देखिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media