घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलना सोमबार सुनचाँदीको मूल्य घटेको हो ।

सोमबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तोलामा १० रुपैयाँले घटेर चाँदी प्रतितोल १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media