सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेविसंघको प्रदर्शन

काठमाडौं । सुन तस्कर र सहकारी ठगहरूलाई मन्त्री बनाएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सोमबार नेविसंघ पशुपति क्याम्पस इकाईले सुन काण्ड र लामिछाने सहकारी काण्डमा मुछिएकाहरूलाई सरकारमा सामेल गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरूले अर्थमन्त्री वर्षमान पुन र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । मन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

उनीहरुले पुन र सुनको सम्बन्ध सार्वजनिक गर, भ्रष्ट सरकार मुर्दावाद, सुन तस्कर र सहकारी ठग गठबन्धन सरकार मुर्दाबादलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेविसंघका केन्द्रीय सदस्य दिपकजंग शाहीले अहिले सरकार जनताको नभएर ठगहरुको सरकार भएको आरोप लगाए । उनले सुन तस्करी र सहकारी ठगहरुलाई बचाउने काम सरकारबाट भएको भन्दै निरन्तर विरोध गर्ने जिकिर गरे ।

नेविसंघले विभिन्न प्रकरणमा मुछिएकालाई गृहमन्त्री र अर्थमन्त्री बनाएका कारण अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गरेको छ ।


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media