गण्डकी प्रदेशः मन्त्रिपरिषद् पुनर्गठन, दीपक मनाङेले पाए यातायात मन्त्रालयको जिम्मेवारी

पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र बनेका दीपक मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थप गरिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखकाे कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आजै हुने भएको छ ।


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media