पूर्वसभामुख महरालाई लगियो सरकारी वकिल कार्यालय

राष्ट्रपाटी न्युज

चैत्र ५, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अपरान्ह रामशाहपथस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।


Published :चैत्र ५, २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media