सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

काठमाडौं जिल्ला अदालतले थप अुनसन्धान गर्न ४ दिनको म्याद दिएको हो।

सरकारी वकिल कार्यालयले ७ दिनको म्याद थप्न माग गरेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले महरालाई सोमबार रुपन्देहीबाट पक्राउ गरेको थियो। पक्राउ परेका महरालाई प्रहरीले आजै विमानमार्फत् काठमाडौं ल्याएको थियो। उनलाई केही समय महराजगन्जस्थित सिआईबी कार्यालयमा उपस्थित गराइएको थियो ।


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media