सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा भएका छन् ।

१४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङलाई काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ  ।

१४ फागुनमा पक्राउ परेका गुरुङविरुद्ध त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड बिगो मागदाबी गर्दै शुक्रबार मुद्दा दर्ता गरेको थियो ।

दुबईबाट आएको १४ किलो सुन तस्करीमा उनको कनेक्सन देखिएको प्रहरीको दाबी छ ।


Published :५ चैत्र २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media