कर्णालीको मुख्यमन्त्री एमालेले पाउने

राष्ट्रपाटी न्युज

चैत्र २०, २०८०

कर्णाली । नयाँ सत्ता समीकरणका दलबीच भएको सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्री पाउने भएको छ ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता समीकरणको सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताए ।

मुख्यमन्त्री राजकुमार शर्माले  आज विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा आज पत्र दर्ता गराइसकेका थिए ।  मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि  कर्णालीमा अन्योलता बढेको छ ।


Published :चैत्र २०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media