लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्दै

राष्ट्रपाटी न्युज

चैत्र २३, २०८०

दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठन हुने लगभग सुनिश्चित देखिएको छ ।

महरालाइ मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका छन् । जस अनुसार नेकपा एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको जनाइएको छ ।

जस अनुसार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आइतबारसम्ममा महरालाइ मुख्यमन्त्री नियुक्ति गर्नेछन् ।


Published :चैत्र २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media