लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

राष्ट्रपाटी न्युज

चैत्र २३, २०८०

दाङ । लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

नेपालको संबिधानको धारा १६८ उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख अमिक शेरचनले जानकारी दिए ।

उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।

उनको शपथ भने आइतबारमात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


Published :चैत्र २३, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media