लुम्बिनीका मुख्यमन्त्री महरासहित चारजनाले लिए शपथ

राष्ट्रपाटी न्युज

चैत्र २५, २०८०

बुटवल । जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

महरासँगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुनले मन्त्री पदको शपथ गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई अहिले मन्त्रालयको जिम्मेवारी भने दिईएको छैन ।

लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए ।


Published :चैत्र २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media