कर्णालीको मुख्यमन्त्रीमा एमालेका यमलाल कँडेलको दाबी पेश

राष्ट्रपाटी न्युज

चैत्र २७, २०८०

सुर्खेत । कर्णालीमा एमाले संसदीय दलका नेता यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष दाबी पेस गरिएको हो ।

कँडेलको पक्षमा एमालेका ९, माओवादीका १३ र नेकपा एसका १ जना सांसदले समर्थन जनाएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माले गत बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५: ५० बजेभित्र समय दिएका थिए ।


Published :चैत्र २७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media