गण्डकीमा भागवण्डा पु-याउन मन्त्रालयको संख्या बढाइयो

राष्ट्रपाटी न्युज

चैत्र २९, २०८०

पोखरा । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले गठवन्धन दललाई भागवण्डा पुर्याउन मन्त्रालयको संख्या ७ बाट बढाएर ९ पुर्‍याएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको गण्डकी सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिएका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको चुमानले बताएका छन् ।

यस्तै आजको बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

 


Published :चैत्र २९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media