लक्ष्मणकिशोरले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी

राष्ट्रपाटी न्युज

बैशाख २, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् ।

चौधरीले नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबि पेश गरेका हुन् ।

चौधरीलाई मुख्यमन्त्री बनाउने पत्रमा नाउपाका ७ जना, कांग्रेसका १८ जना, एकीकृत समाजवादीका ४ जना सांसदको समर्थन रहेको पत्र पेश गरिएको छ ।

सुदूरपश्चिममा बहुमतको लागि २७ सांसदको समर्थन आवश्यक रहेको छ ।


Published :बैशाख २, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media