मुख्यमन्त्री सरोज यादवलाई चौथो पटक विश्वासको मत प्राप्त, प्रतिपक्षीद्वारा मतदान बहिस्कार

राष्ट्रपाटी न्युज

बैशाख ४, २०८१

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक विश्वास मत पाउँदा प्रतिपक्ष दलहरूले भने बहिष्कार गरेका छन्।

संसदीय छानबिन समितिको माग गर्दै आएको जनमतसँगै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले मत विभाजन हुँदै गर्दा बैठकस्थल छाडेका थिए।

मुख्यमन्त्री यादवको पक्षमा ६१ र विपक्षमा ० मत परेको थियो। मुख्यमन्त्री यादवलाई जनता समाजवादी पार्टीसँगै नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिएका थिए ।


Published :बैशाख ४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media