गण्डकी प्रदेशः प्रतिपक्षको बहिष्कारपछि प्रदेशसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८१

पोखरा । गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको छ ।

शुक्रबार बसेको प्रदेश अधिवेसनको पहिलो बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले बहिष्कार गरेका थिए ।

कांग्रेसले सरकार गठनको विषयमा सर्वोच्च अदालतले फैसला सुनाउने क्रममा रहेकोले सो फैसला नआएसम्म प्रदेश सभा बहिष्कार गर्ने निर्णय गर्दै आजको बैठक बहिष्कार गरेको थियो ।

प्रतिपक्षी दलले बहिष्कार गरेपछि सभामुखले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका थिए ।


Published :बैशाख ७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media