मलामी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु, बेपत्ताहरूको खोजी जारी

काठमाडौँ । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा नदीमा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा प्रमुख थोमस जिमासेका अनुसार मलामीका लागि गएका झण्डै ३ सय जना सवार डुङ्गा पल्टिएको हो ।

प्रत्यक्षदर्शी र सामाजिक सञ्जालमा भाइरल भएका भिडियोअनुसार डुङ्गामा ३०० भन्दा बढी मानिस सवार डुङ्गा शुक्रवार मपोको नदीमा पल्टिएको थियो । ‘हामीले पानीमा डुबेका ५८ मृत शरीरलाई पानीबाट निकालेका छौँ’, थोमस जिमासेले रेडियो गुइरासँग भने, ‘कति मानिस पानीमा डुबेका छन् भन्ने सही जानकारी अझै हामीलाई प्राप्त भइसकेको छैन । बेपत्ता भएकाहरूको खोजी जारी छ ।’


Published :९ बैशाख २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media