बागमतीको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रपाटी न्युज

बैशाख १२, २०८१

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै राति १२ बजेदेखि लागु हुने गरि प्रदेशको हिउदे अधिवेशनको अन्त्य गरेका हुन् ।

प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणको तयारीमा रहेकोले हिउँदे अधिवेशन अन्त्य गरेर जेठमा बजेट अधिवेशन बोलाउन अन्त्यको सिफारिस गरेको प्रवक्ता गंगा नारायण श्रेष्ठले बताएका थिए ।

फागुन १५ बाट शुरु भएको हिउदे अधिवेसनको पछिल्लो बैठक चैत्र १९ मा बसेको थियो । सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिएका थिए ।


Published :बैशाख १२, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media