गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट सर्वोच्चद‍्वारा खारेज

राष्ट्रपाटी न्युज

१७ बैशाख २०८१

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले सोमबार नेपाली कांग्रेस संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।

यससँगै मुख्यमन्त्री अधिकारीको नियुक्तिमा प्रमुख प्रतिपक्षी कांग्रेसले उठाएको वैधानिकताको प्रश्न पनि टुंगिएको छ। सर्वोच्चले रिट खारेज गरिदिएसँगै अब अधिकारी नेतृत्वको सरकारलाई मन्त्रिपरिषद् विस्तार र विश्वासको मतसहितका काम पूरा गरेर अघि बढ्ने बाटो खुलेको छ ।

गण्डकीमा एमाले संसदीय दलका नेता अधिकारीले सभामुख कृष्णप्रसाद धिताललाई पनि गणना गरेर सरकारमा दाबी गरेका थिए । सभामुखको समेत संख्या राखेर अधिकारी मुख्यमन्त्री भएपछि कांग्रेसले त्यसविरुद्ध सर्वोच्चमा रिट हालेको थियो ।


Published :१७ बैशाख २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media