सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट खारेज

राष्ट्रपाटी न्युज

जेष्ठ ३, २०८१

काठमाडौं । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ ।

सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका थिए ।

उक्त रिटलाई सर्वोच्चका न्यायाधीशत्रय प्रकाश कुमार ढुंगाना, कुमार चुडाल र सुनिल कुमार पोखरेलको पूर्ण इजलासले खारेज गरिदिएको हो ।


Published :जेष्ठ ३, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media