भारतको लोकसभाको छैटौं चरणको मतदान आज

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०८१

काठमाडौँ । भारतको लोकसभा निर्वाचनको पाँच चरणको मतदान प्रक्रिया पूरा भएको छ । आज छैटौं चरणको निर्वाचन हुदै छ । छैटौं चरणमा आठ राज्य र केन्द्र शासित प्रदेशका ५८ सिटका लागि आज मतदान हुँदैछ ।

यी राज्यबाट कुल ८८९ उम्मेदवार चुनावी मैदानमा छन् । छैटौं चरणका लागि संसदीय निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको औसत सङ्ख्या १५ रहेको छ । आज मेनका गान्धी, मनोहर लाल खट्टर, महबुबा मुफ्ती, राज बब्बर, दिनेश लाल निरहुवा, धर्मेन्द्र यादव, मनोज तिवारी लगायत धेरै हाई प्रोफाइल उम्मेदवार चुनावी मैदानमा रहेका छन् । त्यस्तै धर्मेन्द्र प्रधान, राव इन्दरजीत सिंह, कृष्णपाल गुर्जर जस्ता केन्द्रिय मन्त्रीहरू पनि चुनावी मैदानमा रहेका छन् ।

आज हुने छैटौं चरणको निर्वाचन अन्तर्गत उत्तर प्रदेशका १४, हरियाणाका १०, बिहारका ८, पश्चिम बङ्गालका ८, दिल्लीका ७, ओड़ीशाका ६, झारखण्डका ४ र जम्मु कश्मिरको एक सिटमा मतदान हुदै छ ।


Published :१२ जेष्ठ २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media