नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

राष्ट्रपाटी न्युज

१३ जेष्ठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।

सभामुख देवराज घिमिरेले नाराबाजीका बीचमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

अब जेठ १५ गते मंगलबार सरकारले संसदमा बजेट प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।


Published :१३ जेष्ठ २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media