चक्रवात रेमालका कारण बंगलादेशको तटीय क्षेत्रका हजारौं मानिस सुरक्षित स्थानतर्फ सारिँदै

राष्ट्रपाटी न्युज

१४ जेष्ठ २०८१

काठमाडौँ । चक्रवात रामलले गति लिएपछि बंगलादेशको तटीय क्षेत्रसँग जोडिएका धेरै गाउँहरू खाली गरिँदै छन् । हजारौं मानिसहरु सुरक्षित स्थानको खोजीमा गाउँमा घरबार छाडिरहेका छन् ।

चक्रवात रेमाल आइतबार साँझ ठूलो चक्रवाती आँधीमा परिणत हुने अनुमान गरिएको छ ।

तटीय क्षेत्रका माछा मार्नेहरूलाई समुन्द्रमा नजान आग्रह गरिएको छ । समुन्द्रतर्फ गएकाहरुलाई जतिसक्दो चाँडो फर्किन भनिएको छ ।

यो चक्रवात २६ मेको मध्यरातमा बंगलादेश र पश्चिम बंगालको तटमा पुग्न सक्ने बताइएको छ । भारतीय मौसम विज्ञान विभागले सागर टापुबाट करिब ४२० किलोमिटर दक्षिणमा रहेको पूर्वी–मध्य बंगालको खाडीमा रहेको भारी न्यून चापीय रेखा रहेको जनाएको छ ।

पश्चिम बंगालको दक्षिण २४ परगना र उत्तर २४ परगना जिल्लाहरूमा पनि चेतावनी जारी गरिएको छ र मानिसहरूलाई कमजोर भवनहरू खाली गर्न भनिएको छ।

हावाहुरीका कारण धेरै ठाउँमा बाढी आउन सक्ने तथा बिजुली तथा सञ्चार सम्पर्कमा क्षति पुग्न सक्ने मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।


Published :१४ जेष्ठ २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media