
बुढानीलकण्ठ। यहि असार ७ गते नेपाली कांग्रेस बुढानिलकण्ठको कार्यालय सुन्दरबस्तीमा बुढानिलकण्ठ नगरपालिकामा सक्रिय दलहरुको संयुक्त बैठक सम्पन्न भएको छ। उक्त बैठकमा हाल केन्द्रमा सत्तामा रहेका नेकपा माओवादी केन्द्र ,रास्ट्रीय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका प्रतिनिधिहरु सहित विपक्षी दल नेपाली कांग्रेस र रास्ट्रीय प्रजातन्त्र पार्टीको सहभागिता रहेको थियो।
उक्त बैठकले महालेखा परीक्षकको कार्यालयले दिएको प्रतिवेदन र बुढानिलकण्ठ नगरपालिकाका अन्य गतिविधिहरुका वारेमा शशक्त खबरदारी गर्ने निर्णय गरेको नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकीले जानकारी दिएका छन् ।
सो संयुक्त बैठकमा नेपाली कांग्रेसका नगर सभापति राजाराम बुढाथोकी, नेकपा माओवादी केन्द्रका अध्यक्ष भाइ नारायण श्रेष्ठ , रास्ट्रीय स्वतन्त्र पार्टीका नगर सभापति निमा लामा,नेकपा एसका नगर अध्यक्ष निरन्जन नेपाल, राप्रपाका नगर अध्यक्ष कमल श्रेष्ठ, नेपाली कांग्रेसका नगर उपसभापति शुशान्त श्रेष्ठ, सचिव बिजेन्द्र श्रेष्ठ तथा बिजेन्द्र पुडासैनी,सहसचिव कुमार खड्का लगायतको उपस्थिति रहेको थियो।
यहि असार १२ गते पछि संयुक्त रुपमा दवावमुलक छलफल शुरु गर्ने र ज्ञापन पत्र सहितका अन्य बिरोधको कार्यक्रम अगाडि बढाउने नेपाली कांग्रेस बुढानिलकण्ठका सभापति राजाराम बुढाथोकीले जानकारी दिएका छन् ।