नेसनल प्याब्सन बुढानिलकण्ठको स्पेलिङ बी सम्पन्न

राष्ट्रपाटी न्युज

असार १०, २०८१

बुढानिलकण्ठ। नेसनल प्याब्सन बुढानिलकण्ठ नगर कमिटिले शैक्षिक सत्र २०८१ को पहिलो कार्यक्रमको रुपमा अन्तर विद्यालय स्पेलिङ बी भब्यताको साथ सम्पन्न गरेको छ । नेसनल प्याब्सन बुनपाका सदस्य विजय न्यौपानेले संयोजन गरेको उक्त कार्यक्रममा स्पेल मास्टरको रुपमा चर्चित पत्रकार विश्व लिम्बु रहेका थिए ।

विभिन्न विद्यालयका कक्षा तीन देखी कक्षा पाच सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएको उक्त प्रतियोगितामा प्रिन्स्टन स्कुल प्रथम, ब्रेन्ल्याण्ड स्कुल द्वितिय, काठमाडौं विद्यालय त्रितिय र शारदा स्कुल चौथो हुन सफल भएका छन् । नेसनल प्याबसन बुनपाका अध्यक्ष तेन्जिङ भोटियाले कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुका साथै एतिको वृहत कार्यक्रम गरेर नेसनल प्याब्सन बुनपाले आफुलाई उत्कृष्टताको पर्यायबाचीको रुपमा परिचित गर्न सफल भएको बताए । कार्यक्रम बेदब्यास स्कुल कपनमा आयोजना भएको थियो ।


Published :असार १०, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media