टाढा टाढामा सोफी र प्रभातको रोमान्स

काठमाडौं । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको टाढा टाढा बोलको गीतको भिडियो रिलिज गरिएको छ। हाल अष्ट्रेलियामा बस्दै आएका गायक बरुवालकै  शब्द शृजना रहेको ढाढा टाढामा एक प्रेमील जोडीको प्रेम, रोमान्स र विरहको कथालाई देखाइएको छ।

कहिल्यै नछुट्टीने वाचा कसम खाएको प्रेमील जोडीको यो रोमान्टिक प्रेम कथालाई निर्देशक केशवराज  भट्टले निर्देशन गरेका हुन्। जहाँ सुन्दरी मोडल शोफी धरेल र ह्याण्डसम मोडल प्रभात पल ठकुरी गज्जबसँग खुलेका छन्।

कहिल्यै नछुट्टीने कसम खाएको यो जोडी एकाएक छुट्टीनु पर्दाको वियोगान्त गाथालाई साडे ७ मिनेटको भिडियोमा फिल्मी शैलीमा देखाइएको छ। कुनै एक रोमान्टिक फिल्मको प्रेम कहानी हेरेको जस्तै महशुस हुने टाढाटाढा हिमाल पारीको जिल्ला मुस्तागंका रमणीय दृश्यका कारण झनै विशेष बनेको बताउँछन् गायक तथा संगीतकार बरुवाल।

जुन गीतलाई  गीतकार समेत रहेका बरुवालले कोरोना महामारिको समयमा क्वारेन्टाइनमा बस्दा सृजना गरेका हुन्। उनले नेपालबाट अष्ट्रेलिया फर्किए लगत्तै क्वारेन्टाइन बस्ने क्रममा सिर्जना गरेका थिए। जुन अहिले आएर भिडियोका रुपमा तपाई हम्रा सामु छ।

रमन  बज्राचार्यको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहाल गरेका हुन् भने सम्पादन दिलशन शाहले गरेका हुन्। भिडियो गायक  बरुवालकै अफिसियल च्यानल केदार बरुवाल क्षेत्रीबाट रिलिज गरिएको हो।

गायक क्षेत्रीले यसअघि गाजलु, जब तिमी, कति थियो  सपना, एक पल तिमी नहुँदा, आँखैमा गाजल लगायत दर्जन  बढी गीत बजारमा ल्याइसकेका छन्।


Published :२३ असार २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media