सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

राष्ट्रपाटी न्युज

असार २३, २०८१

काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ।

आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको  कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।

सप्तकोशीको बहाव अहिलेसम्मकै धेरै १९६८ मा ७ लाख ३० हजार क्युसेक पुगेको थियो ।


Published :असार २३, २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media