जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

राष्ट्रपाटी न्युज

२ श्रावण २०८१

तनहुँ । शुक्लागण्डकी नगरपालिका-७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेख बहादुर थापा मगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

थापाको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई ५९ हजार ९ सय ६० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Published :२ श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media