बागमतीका नवनियुक्त मुख्यमन्त्री लामाको शपथ आज

राष्ट्रपाटी न्युज

९ श्रावण २०८१

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।

लामा मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।

संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो । बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धन अन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए । तर एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए ।


Published :९ श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media