महिला एशिया कपको सेमिफाइनल समीकरण पूरा

राष्ट्रपाटी न्युज

१० श्रावण २०८१

काठमाडौँ । जारी महिला एशिया कपको सेमिफाइनलको समीकरण पुरा भएको छ ।

समुह ए बाट समुह विजेता हुदै भारत र उपविजेता बनेर पाकिस्तान सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट नेपाल र युएई समुह चरणबाट बाहिरिएका छन् ।

त्यस्तै समुह बी बाट श्रीलंका शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह बी बाट थाइल्याण्ड र  मलेसिया समुह चरणबाट बाहिरिएका छन् ।

अब सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा श्रीलंका र पाकिस्तान खेल्ने भएका छन् । सेमिफाइनलका दुवै खेल जुलाई २६ मा हुने छन् ।

त्यस्तै प्रतियोगिताको फाइनल खेल जुलाई २८ मा हुने छ ।

 


Published :१० श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media