भारत महिला एशिया कपको फाइनलमा

राष्ट्रपाटी न्युज

११ श्रावण २०८१

काठमाडौँ । भारत जारी महिला एशिया कपको फाइनलमा पुगेको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाउदै ८० रन बनाएको थियो ।

अब भारतले उपाधिका लागि दोस्रो सेमिफाइनलका पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग आइतबार खेल्ने तालिका रहेको छ । दोस्रो सेमिफाइनल खेल आजै हुदै छ ।


Published :११ श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media