नेकपा एमाले काठमाडौं – ४ को संयोजकमा राजन पोख्रेल

राष्ट्रपाटी न्युज

२३ श्रावण २०८१

काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ समन्वय कमिटिको संयोजकमा राजन पोख्रेल चयन भएका छन्। लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय पोख्रेलका लागि यो शानदार पुनरागमनको रुपमा समेत लिन सकिन्छ।

एक दशक अघि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ को अधिवेशनमा पोख्रेल सचिव पदमा झिनो मतान्तरले पराजित भएका थिए। त्यो बेला देखि नै यस क्षेत्रमा नेतृत्वमा रही सक्रिय पोख्रेल जिल्ला कमिटि सचिवालय सदस्य सहित क्षेत्र नम्बर ४ समन्वय कमिटिको संयोजक बन्न सफल भएका छन्।

क्षेत्र नम्बर ४ को राजनीतिमा नेकपा एमालेको भूमिका त्यसै पनि महत्वपूर्ण हुन्छ। राजन पोख्रेलले खेल्ने भूमिकाले क्षेत्र नम्बर ४ मा मात्र होइन सिंगो जिल्ला र केन्द्रिय राजनीतिमा समेत प्रभाव पर्ने देखिन्छ।

लामो समय देखि नेकपा एमालेको बिभिन्न जिम्वेवारीमा रहेका पोख्रेल www.rastrapati.com  का अध्यक्ष हुन् ।

साउन २२ गते जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाको अध्यक्षतामा बसेको बैठकले नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ समन्वय कमिटिको सचिवमा सरस्वती कार्कीलाई चयन गरेको छ ।


Published :२३ श्रावण २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media