मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

राष्ट्रपाटी न्युज

३० भाद्र २०८१

काठमाडौँ । अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए ।

उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’


Published :३० भाद्र २०८१


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media