ब्राजिलमा जहाज दुर्घटना हुँदा चालकसहित ६१ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

साउन २६, २०८१

काठमाडौँ । ब्राजिलमा एउटा यात्रुवाहक जहाज दुर्घटना भएको छ । सो जहाज  दुर्घटनामा परी चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ ।

दुई इन्जिनको टर्बोप्रोप जहाज दक्षिणी राज्य पारानाको कासकाभेलबाट साओपाओलोको गुआरूल्होस विमानस्थलका लागि जाने क्रममा दुर्घटनामा परेको हो ।

यो जहाज अचानक अनियन्त्रित भएर सहरनजिकै खसेको सामाजिक सञ्जालमा देख्न सकिन्छ।

एटीआर ७२-५०० जहाजले ५७ यात्रु र चार जना चालक दलका सदस्यसहित उडान भरेको थियो । उनीहरू कोही पनि नबाँचेको स्थानीय अधिकारीले बताएका छन् ।


Published :साउन २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media