झापामा डेंगीबाट शिक्षिकाको मृत्यु

राष्ट्रपाटी न्युज

साउन २६, २०८१

काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको ज्यान गएको छ।

हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो।

महिला ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो। उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो।


Published :साउन २६, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media